समाचार

नक्कली हतियार तथा लागु औषध सहित धरानेहरु पक्राउ

काठमाण्डौ । प्रहरीले नक्कली हतियार तथा लागु ओषधमा संलग्न भएको आरोपमा धरानका डेनिस राई र प्रज्ञा राईलाई पक्राउ गरेको छ । जिल्ला सुनसरी धरान घर भई जिल्ला काठमाण्डौ समाखुशी बस्ने वर्ष २३ को डेनिस राई र सामाखुसी बस्ने वर्ष २७ की प्रज्ञा राईले वानेश्वर ईलाकामा लागु औषध कारोबार गर्ने गरेको भन्ने सुराकीको आधारमा महानगरीय प्रहरी वृत्त, नयाँवानेश्वरबाट विशेष प्रहरी टोली परिचालन गरी निजहरुलाई खोजतलास गर्ने क्रममा असार १५ गते बेलुकी समाखुशी बाट पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा निजहरुको साथबाट लागु औषध डाईजेपाम थान ११, फेनारगन थान ११ र ब्यूप्रिनोफिन थान ११ फेला परेकोले निजहरुलाई सोधपुछ गर्दा ऐ।वडा नं.१६ बालाजु बनस्थली बस्ने वर्ष ३० को सुभाष गुरुङ्गसँग खरीद गरेको साथै निज सुवास गुरुङ्ग, विगतदेखि नै लुटपाट तथा शंकाष्पद गतिविधिमा संलग्न रहने गरेको भन्ने प्राप्त सूचनाको आधारमा सुभाष गुरुङ्गको घर कोठामा पुग्दा निजलाई फेला पारी कोठा खानतलासी गर्दा कोठा भित्र विभिन्न अपराधमा प्रमाण लाग्ने खालका निम्न नक्कली हातहतियार समेत फेला परेकोले बरामद गरी निजहरुलाई पक्राउ गरी मनप्र वृत्त नयाँवानेश्वरबाट थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले निम्न कुराहरु फेला पारेको छः
१. लागु औषध डाईजेपाम थान ११ ,फेनारगन थान ११ र ब्यूप्रिनोफीन थान ११
२. प्लाष्टिकको सर्टगन थान १
३. प्लाष्टिक र काठबाट निर्मित १२ बोर थान १
४. प्लाष्टिकको पेस्तोल थान १
५. विभिन्न मोडेलका फलामको चक्कुहरु ७ थान
६. नाईनस्टिक थान १
७. पेचकस समेत भएको हम्मर थान १
८. मोवाईल थान ३