खेलकुद

राष्ट्रव्यापी प्रतियोगिता सम्पन्न

काठमाडौँ । बौद्धिक तथा विकासोन्मुख अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय ओलम्पिकमा सहभागी गराउन खेलाडी छनोटका लागि राष्ट्रव्यापी प्रतियोगिता आज सम्पन्न भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबारदेखि शुरु भएको उक्त प्रतियोगितामा एथलेटिक्स, फुटबल र बसी खेल खेलाइएको थियो । बसी युरोप र संयुक्त राज्य अमेरिकामा खेल्ने विशेष खेल हो ।

स्पेसियल ओलम्पिक नेपा नामक सामाजिक संस्थाले दुई दिनसम्म आयोजना गरेको उक्त प्रतियोगितामा काठमाडौँ उपत्यका, कास्की र मोरङबाट ११० खेलाडी सहभागी थिए । आज भएको अन्तिम चरणको प्रतियोगितामा खेलाडी छनोटका लागि क्षेत्रीय प्रतियोगिता गत चैतमा विराटनगरमा खेलाइएको थियो ।

उक्त प्रतियोगिताको आधारमा खेलाडीको अतिरिक्त क्रियाकलापका साथै विभिन्न पक्षको मूल्यांकन गरी केही दिनमा उत्कृष्ट १६ खेलाडीको नतीजा सार्वजनिक गरिने कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष डा सदिच्छा श्रेष्ठले जानकारी दिए । छनोट हुने ती खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ सहभागी हुने छन् ।

अन्तर्राष्ट्रिय तहबाट सोही प्रकृतिका खेलाडी सन् २०१९ मा संयुक्त अरब इमिरेटस् ९दुबई०मा हुने ओलम्पिकमा सहभागी हुँदैछन् । दुबईमा हुने यस प्रतियोगितामा ३२ खेल खेलिने बताइएको छ ।