राजनीति

विवेकशीलसाझाका संयोजकसहित ९ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । निषेधित क्षेत्रको अवज्ञा गर्ने विवेकशील साझाँ पार्टीका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले प्रदर्शन गर्न निषेध भनि घोषणा गरिएको माइतीघर मण्डलाबाट पार्टी संयोजकमध्येका १ उज्जवल थापासहित ९ जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।

सरकारी निर्णयको अवज्ञा गर्दै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेपछि उनीहरु प्रहरी फन्दामा परेका छन् । सरकारले शुक्रबारमात्रै प्रदर्शन गर्न उपत्यकामा १० स्थान तोकेको छ । माइतीघर मण्डलासहित विभिन्न स्थानमा प्रदर्शन गरे कानुनी कारवाही हुने कडा चेतावनी दिएको छ ।