खेलकुद

विश्वकपः पूर्नजीवन पाएको मेस्सीको अर्जेन्टिना र अपराजित फ्रान्स बीच महाभिडन्त हुदैँ

हेम राज जोशी/काठमाडौं । २१ औँ संस्करण अन्तर्गतको रसियामा जारी विश्वकप प्रतियोगितामा शनिबार बहुप्रतिक्षित खेल हुने भएको छ । आज राती हुने पहिलो खेलमा विश्वकपमा पूर्नजीवन पाएको स्टार खेलाडी लियोनेल मेस्सीको अर्जेन्टिना र विश्वविजेता फ्रान्सबीच रोमाञ्चक भिडन्त हुनेछ । रसियाको एरिना स्टेडियममा नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

विश्वकपको सुरुवात देखि नै कमजोर प्रदर्शन गर्दैै आएको अर्जेन्टिना अन्तिम खेलमा भने नाइजेरियालाई २–०ले पराजित गर्दै अन्तिम सोह्रमा पुगेको छ । आजको खेलमा अर्जेन्टिनाले विश्वविजेता र सुरुवात देखि नै सानदार प्रदर्शन गर्दै आएको फ्रान्ससँग मुकाविला गर्दैछ । जुन उसका लागि निकै कठिन देखिएको छ ।

उसो त, अर्जेन्टिना स्टार स्ट्राइकर लियोनेल मेस्सीजस्ता विश्वचर्चित खेलाडीको नेतृत्वमा छ । मेस्सीले नै अर्जेटिनालाइ विश्वकपसँग डोर्याएका थिए । उनले विश्वकप छनोट खेलमा ह्याट्रिक गर्दै विश्वकपसम्मको यात्रा तय गराएका थिए । तर विश्वकपको सुरुवाती खेलमा नवप्रवेशी आइसल्यान्डसँगको खेलमा पेनाल्टी मिस गरेपछि मेस्सी चौतर्फी दबाबमा परेका थिए ।

आज रातीको खेलमा मेस्सीमाथि ठूलो अपेक्षा गरिएको छ । मेस्सी जादुमय खेलाडी भएकाले आज चम्किन पनि सक्छन् । यता फ्रान्स भने आफ्नो अपराजित यात्रा कायम गर्दै अन्तिम सोह्रमा अर्जेन्टिनाविरुद्ध मैदानमा छ । आजको खेल कसले जित्छ त्यो भने आज राती ९ भित्र थाहा हुनेछ ।