सामाजिक सञ्जाल

बाबुरामले ट्वीटमार्फत गृहमन्त्रीलाइ बनाए तारो

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारको निर्णयप्रति रोस प्रकट गरेका छन् । शनिबार एक ट्वीट गर्दै सरकारले प्रदर्शनस्थल तोकेको प्रति उनले आक्रोश पोखेका हुन् ।

गृहमन्त्री राम बहादृुर थापा बादलले प्रदर्शन गर्ने स्थल तोक्ने दुस्साहस गरेको गरेको भन्दै उनले ट्वीटमार्फत प्रश्न गरेका छन, हाम्रा पूर्वकमरेडहरूले सत्तामा पुग्ने वित्तिकै विरोध गर्ने ठाउँ र तरिका तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन् ?

समाजवाद भनेको उन्नत लोकतन्त्र भएको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले प्रदर्शन स्थल तोकेर लोकतन्त्रलाइ कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।
लोकतन्त्रलाई मजबुत बनाउन अहिलेको सरकारको काम भएको औँल्याउदैँ उनले सरकार भने अर्कै बाटोतिर उन्मुख भएको आरोप लगाए ।

यस्तो डा. भट्टराईको ट्वीटः–