पु.समाचार

वीरन्द्रनगर नगरपालिका-पातलगंगामा रोपाइँ महोत्सव

सुर्खेत । १५ औँ राष्ट्रिय धान दिवसलाई मुख्य अवसर बनाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको पातालंगामा आज रोपाइँं महोत्सव गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा वीरन्द्रनगर नगरपालिका–९ पातलगंगा सुर्खेतमा रोपाइँं महोत्सव सम्पन्न गरिएको हो । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको मुख्य कृषिबाली धानको उत्पादन बढाउनतर्फ किसानलाई लाग्न अनुरोध गरे ।

कार्यक्रममा भूमि व्यवस्थामन्त्री विमला केसीले प्रांगारिक प्रदेश निर्माण गर्ने लक्ष्य लिएको कर्णाली प्रदेश सरकारले खेतीयोग्य जमीन बचाउन, कृषिलाई व्यवसायीकरण तथा आधुनिकीकरण गर्न, यो पेशालाई सम्मानित बनाउन र आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि ल्याउने उद्देश्यले रोपाइँ महोत्सव गरिएको जानकारी दिए । मन्त्री केसीले भने, “कर्णाली क्षमता भएका मान्छेले सुन फलाउने ठाउँ हो, यसमा युवाले मुख्य योगदान दिनुपर्छ ।”

यस वर्ष कर्णाली प्रदेशमा ४६ हजार २३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न थालिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी नरेन्द्र थापाका अनुसार कर्णाली प्रदेशमा यस वर्ष आजसम्म करीब २१ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामध्ये डोल्पामा शतप्रतिशत भएको छ भने सुर्खेतमा तीन प्रतिशत धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी थापाले बताए ।

वीरेन्द्रनगर नगरपालिका–९ उनले बीउबिजन, जैविक विषादी र मल किसानलाई निःशुल्क उपलब्ध गर्न र सिँचाइ आपूर्तिमा ध्यान दिन सरकारलाई अनुरोध गरे ।

रोपाइँ महोत्वसमा युवा र प्रदेशसभा सदस्यबीच हिले दौड, किसान महिला र जनप्रतिनिधि महिलाबीच डोरी तानातान खेल पनि गरिएको थियो ।