समाचार

बाईकको सीटमुनी लुकाएर एक किलो तस्करी गर्ने कलवार पक्राउ

पर्सा। पर्सा प्रहरीले १ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।  आज असार १५ गते अर्थात दहीचिउरा खानेदिनको मौका छोपी बिहानको समयमा प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरी टोलीले उक्त अभियुक्त पक्राउ गरेको हो ।

 

प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा शंकराचार्य गेट स्थितमा वीरगंजबाट भारतको रक्सौलतर्फ जादै गरेको सर्लाही, हरिपुर नगरपालीका वडा नम्बर ९ बस्ने वर्ष ३८ को संतोष कुमार साह कलवारले चलाई ल्याएको ना. ४८.प ३७७४ नं. को मोटरसाईकल लाई रोकी खानतलासी लिंदा उक्त मोटरसाईकलको सिटमुनी रहेको एयर फिल्टर भित्र लुकाइ छिपाई राखिएको अवस्थामा अबैध सुन जस्तो देखिने पहेँलो धातु ६ पिस अं १ किलो फेला पारी उक्त बरामद पहेँलो धातु सहित निज संतोष कुमार साह कलवारलाई पक्राउ गरी यस कार्यालयमा ल्याइएको र आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।