बाग्मती

वित्तीय हस्तान्तरणसम्बन्धी विधेयक प्रमाणित

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपदफा २ बमोजिम प्रदेशसभाले सिफारिस गरी पठाएको प्रदेश वित्तीय हस्तान्तरणसम्बन्धी विधेयकलाई बिहीबार प्रमाणीकरण गरी पठाएको जानकारी गराए ।

सोही बैकमा उनले प्रदेशसभाका सदस्य दीपक निरौलाको अध्यक्षतामा गठित प्रदेश राजधानीको सम्भाव्यता अध्ययन कार्यदलको म्याद सकिएकाले १५ दिन म्याद थपिएको र सो कार्यदलले यही असार २६ गतेसम्ममा आफ्नो प्रतिवेदन टुङ्ग्याउनु पर्ने जानकारी गराए ।

सभामुख श्रेष्ठले अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने जानकारी गराए ।