कृषि

कृषिमन्त्री लामाद्वारा धान रोपाइँ

हेटौँडा । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि र सहकारी मन्त्री दावादोर्जे लामाले वैज्ञानिक प्रविधिबाट खेती गर्ने र उत्पादित बालीलाई विषादीमुक्त बनाउन सरकारले प्रदेशमा नयाँ रणनीति आगामी आर्थिक वर्षदेखि लागू गर्न लागेको बताए ।
भूमि तथा कृषि र सहकारी मन्त्रालयद्वारा हेटौँडा उपमहानगरपालिका– ५ राई टोलमा आयोजित राष्ट्रिय धान दिवसको उपलक्ष्यमा मन्त्री लामाले स्थानीय कृषकको खेतमा आज धान रोपाइँ गरी धान दिवसको शुभारम्भ गरे ।

सरकारले खाद्यान्न बाली, फलफूल र हरियो तरकारीको बीमा गर्न लागेको उल्लेख गर्दै उनले प्रदेशस्तरमा खाद्यान्न, तराकारी र फलफूलमा आत्मनिर्भर बनाउन सरकारले आगामी आवका लागि विशेष बजेट तर्जुमा गरिएको बताए ।