उर्जा

विद्युत् समस्या समाधानका लागि ऊर्जामन्त्रीको ध्यानाकर्षण

दाङ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले तुलसीपुर उपमहानगरपालिकाभित्र देखिएकोे विद्युत् समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आज मन्त्री पुनसंग भेट गरी यस क्षेत्रमा देखिएको विद्युत् समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दा उनले सो समस्या समधानका लागि नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई निर्देशन दिए ।

सो अवसरमा महानिर्देशक घिसिङले विद्युत् समस्या सधैँका लागि समाधान गर्नका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिए ।