खेलकुद

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता जारी

काठमाडौं । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रा दिन बिहीबार बिभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफका खेलाडीहरुले सुरुआती जित हासिल गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगितामा पुरुष ६५ केजीमा आर्मीका ४ खेलाडी आआफ्नो खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आर्मीका नरेश थापाले उदयपुरका सुजन राईलाई, किरण रानामगरले अल्टिमेटका विशाल बस्नेतलाई, आश्रित बोहोराले नक्सालका छिरिङ शेर्पालाई र बुद्धि सागर गुरुङले सल्यानका मिलन बुढालाई हराउँदै क्वार्टरफाइनलमा पुगे । आर्मीका सुरेश नेपाल भने एपीएफका सोनम सार्कीसँग पराजित भए । यही तौलसमूहमा चितवनका सागर कुमालले दाङका रमेश थापामगरलाई हराए ।

पुरुष ६० केजी तौलसमूहमा कञ्चनपुरका रामबहादुर थापाले चितवनका टेकन बुढामगरलाई, चितवनका आकाश सुवेदीले झापाका तोविन प्रधानलाई, झापाका प्रकाश लिम्बुले नक्सालका सुभम लिम्बुलाई, एपीएफका सुमन कार्कीले टेक्निकल फिटनेशका जेनिश राईलाई, आर्मीका दानबहादुर दर्लामीले बानुजका कर्मा तेञ्जिङ गुरुङलाई, मेघदूतका सकेन्द्र शाक्यले आर्मीमा पवन अलीलाई, मेघदूतकै सलेन शाहीले काठमाडौंका सुमन बज्राचार्यलाई र नक्सालका किशोर शर्माले कैलालीका आशिष विष्टलाई हराए । विजयी सबै खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरे ।

पुरुष ५६ केजीमा कास्कीका दिनेश बानियाँले नक्सालका मिग्मा ग्याल्जेन शेर्पालाई, रामेछापका सुमन नेपालीले सुर्खेतका प्रकाश तामाङलाई, झापाका जितेन्द्र राईले उदयपुरका विमल भूजेललाई, कञ्चनपुरका महेन्द्र चन्दले सुनसरीका शिव राईलाई, एपीएफका पुरन राईले दाङका प्रेम चौधरीलाई, आर्मीका बाबुराम मगरले आर्मीकै राजु पुनलाई, झापाका सुरेन्द्र राईले रामेछापका फूर्वा शेर्पालाई र आर्मीकै नरेश देवानले आर्मीकै पुरन सुनुवारलाई पराजित गरे । विजयी सबै खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै पुरुष ५२ केजीमा दाङका होमराज न्यौपानेले झापाका अंकित मगरलाई, आर्मीका बिकाश राईले झापाका भुगोल लिम्बुलाई, आर्मीका डोलबहादुर चौधरीले आर्मीकै धिरज सिंह क्षेत्रीलाई, कास्कीका केशव नेपालीले कास्कीकै दिनेश गुरुङलाई, एपीएफका बिक्रम परियारले दाङका सिद्धान्त रावतराई र आर्मीका सुदीप श्रेष्ठले सल्यानका जनकबहादुर रोका मगरलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

पुरुषकै ४९ केजी तौलसमूहमा एपीएफका प्रदीप महर्जनले तेज पुनमगरलाई पराजित गरी क्वार्टरफाइनलमा स्थान बनाए ।

आइतबारसम्म चल्ने प्रतियोगिताको महिलातर्फ बिहीबार दुई तौलसमूहको प्रतिस्पर्धा गराइएको थियो । ४८ केजी तौलसमूहमा भक्तपुरकी अस्मिता दुवालले मकवानपुरकी सुष्मा गुरुङलाई र एपीएफकी सावित्री तामाङले भक्तपुरकी सुष्मा खड्कालाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

महिलाकै ५१ केजी तौलसमूहमा एपीएफकी माला राईले उदयपुरकी सुजाता भूजेललाई, आर्मीकी गीता कुमारी थापाले कैललीकी सुष्मा तामाङलाई र नक्सालकी रोशनी राईले सुनसरीकी प्रभा निरौलालाई पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरे ।