आर्थिक

जल पुनर्भरणको नौलो आयाम सहित सार्वजनिक निजी साझेदारी

काठमाडौं । द कोकाकोला फाउण्डेसन र कोकाकाला सिस्टम नेपालले यहाँको पानीको स्रोतका लागि विभिन्न क्षेत्रका पार्टनरहरुसँग सहकार्य गर्दै आएको छ । द कोकाकोला फाउंडेशनले पार्टनरहरुको सहकार्यमा नेपाल अत्यावश्यक वातावरणीय प्रभावको लागि निर्णय गर्ने प्रक्रियामा सरोकारवालाहरुलाई एकै स्थानमा समेटी अन्तर्राष्ट्रिय वातावरणीय समस्याहरु समाधानको लागि कार्य गर्दै आएको छ ।

यी संस्थाहरुले समस्याग्रस्त क्षेत्रहरुमा साधनस्रोतहरुलाई उच्चतम प्रयोग गर्दै अति राम्रो परिणाम ल्याउनेछ । स्थानीय विकासको लागि यस्तो खाले सहकार्यले वित्तीय तथा सामग्रीहरुको संयोजन गरि पव्लिक, प्राइभेट, पार्टनरशिपलाई बढवा दिनेछ । विश्व वातावरणको विग्रदो अवस्था साथै वायुमण्डलीय तापक्रमको बृद्धी तथा जनसंख्याको बृद्धीले उत्पन्न गरेको जमिनमुनीको पानीको कमि विश्वव्यापी रुपमानै फैलिएको छ । यो रेन वाटर हार्भेस्टीङ सिस्टमले वर्षायामको पानीलाई भण्डारण गरि सुख्खा याममा उपलब्ध गराउँदछ र जमिन मुनीको पानीको स्रोतलाई बचाई राख्नमा सहयोग पूर्याउँदछ ।

यो ठूलो सामूहीक प्रयासको लागि फाउण्डेसनले सेन्टर फर इन्ट्रीगेटेड अर्वन डेभलपमेन्ट, वाटर एड नेपालसँगको सहकार्यमा तेस्रो रेन वाटर हार्भेस्टिंग र ग्राउण्ड वाटर रिचार्ज प्रोजेक्ट अन्डर प्रिभलेज्ड चिल्ड्रेन एजुकेशन प्रोग्राम, सानोठिमी भक्तपूरलाई हस्तान्तरण गरेको छ ।

प्रकृतिको बहुमूल्य स्रोत पानीलाई द कोकाकोला फाउण्डेन्सनले बैधानीक प्रकृयाले स्थानीयको पहुच सहज बनाउन सहयोग गर्नेछ । द कोकाकोला फाउण्डेसन र बोट्लर्स नेपाल लिमिटेडले टिचीङ हस्पिटल महाराजगंज र रानीबारी फरेस्ट क्षेत्रमा पनि रेन वाटर हार्भेस्ट र ग्राउण्ड वाटर रिचार्ज सिस्टम स्थानीय स्तरमा हस्तान्तरण गरिसकेको छ ।

कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने ‘हामीले शुद्धपानीको स्रोतलाई ब्यवस्थापन गर्न सहयोग गरिरहेका छौं । निकै दुषित बनेको सहरी क्षेत्रका केही स्थानमा भएका पानीको समस्या समाधानमा हामीले काम गरिरहेका छौं । हामीले हाम्रा पार्टन संगठनहरूसँग मिलेर रेन वाटर हार्भेस्टीङ र ग्राउन्ड वाटर रिचार्ज योजनाहरु संचालन गरिरहेका छौं । त्यसपछि यस्ता आयोजनाहरु समुदायमा हस्तान्त्रण गर्दै आइरहेका छौं । हामीले हाम्रो पेयपदार्थमा खर्च गर्ने बराबरको पानी सन् २०२० सम्ममा उत्पादन गरिसक्ने छौं ।’

वाटर एड नेपालका हेड प्रोग्रामर कबिरदास श्रेष्ठले भने ‘अहिलेको समयमा निरन्तर जमिन मुनीको पानीको सतह घट्दो अबस्थामा रहेको छ । वाटर एड नेपालले ब्यवसायीक रुपमा रेनवाटर हार्भेस्टीङ र जमिनमुनीको पानी रिचार्ज कार्यक्रम संचालन गरिरहेको छ । ‘रिकभरी एन्ड रिस्लाइन’ कार्यक्रम अन्र्तगत रहेर बाटर एड नेपालले काम गरिरहेको छ ।

सिआईयुडीका कार्यकारी निर्देशक पुष्कर श्रेष्ठले भने ‘हामी कोकाकोलालाई विषेश धन्यवाद दिन चाहन्छौं । जसले हामीलाई रेन वाटर हार्भेस्टीङ र ग्राउन्ड वाटर रिचार्जिङमा निरन्तर सहयोग गरिरहेका छन् । सरकारी, निजी, व्यवसायी र व्यक्तिगत निकायको विचमा समन्वय गरेर ग्राउन्ड वाटरको क्षेत्रमा कम गर्न निकै चुनौतिपूर्ण रहेको छ ।

बोटलर्स नेपालले तटस्थ पानीको दिगो विकास आयोजना अन्तर्गत ९ वटा रेन वाटर हार्भे्स्टिङ र ग्राउन्ड वाटर रिचार्ज सिस्टम बुढानीलकन्ठ स्कुलमा स्थापना गरिसकेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्धक निर्देशक पुनित वासर्नेले भने ‘कोकाकोला कम्पनी यो बुझ्दछ कि पानी एक बहुमूल्य साझा स्रोत हो र हामी नेपालमा पानीको उपलब्धतामा शुद्ध र सकारात्मक योगदानको लागी काम गर्रिरहेका छौं । यसैले हामी सामुहिक कार्यको लागि पानीको क्षेत्रमा ठूलो समुदायका लागि काम गर्दछौ र सबै प्रयोगकर्ताहरू र भविष्यका पीढ़ीहरूसँग सहकार्यमा विश्वास गर्दछौं । रेन वाटर हार्भेस्टीङ सिस्टम र ग्राउण्ड वाटर रिचार्ज सिस्टम्स बुढानीलकन्ठ विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा हामी ज्यादै उत्साहीत भएका छौं । हामीलाई आशा छ यो सिस्टमले विद्यालयको समग्र पानीको व्यवस्थापनमा सहयोग मिल्ने छ ।

स्मार्ट पानी प्रालिका प्रबन्ध निर्देशक सुमन शाक्यले भने ‘आजभोली मानिसहरु जमिनमुनिको पानीको भरमा आफ्ना पानीको आवस्यकताहरु पुरा गरिरहेका छन् ।