आर्थिक

विश्वकपको अवसरमा सामसङ्गले ल्यायो यस्तो अफर

काठमाडौं । विश्वकप २०१८ चलिरहेसँगै सर्बत्र फुटबलको चर्चा भईरहेको छ । हिमइलोक्ट्रोनिक्स नेपालका लागि सामसङ्गको आधिकारिक वितरकले विश्वकप फुटबललाई चाडपर्वको रुपमा मनाइरहदाँ अफर ल्याएको छ । सामसङ्गले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको हो ।

यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु रहेको सामसुङले जनाएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङ्गका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको छ ।

यस योजनामा ग्राहकले यी 82″ Premium MU8000 4K UHD TV, 75″ MU 6172 Smart 4K UHD TV / 65″ MU7000 Smart 4K UHD TV मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन् ।

यो अफर नेपालभर फैलिएर रहेका सामसङ्ग प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिने छ ।