अन्तर्राष्ट्रिय

मुम्बइमा सानो जहाज दुर्घटना, पाँचको मृत्यु

मुम्बइ । मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र अर्का एकजना बाटोमा हिँडिरहेका व्यक्ति परेका हुन् ।

उक्त जहाज खसेपछि बाटोमा हिँडेका व्यक्तिको ज्यान गएको बताइएको छ । उक्त जहाजका एकजना विमान चालक र तीनजना यात्रु परेका थिए । भारतको आर्थिक राजधानी मानिने र घना वस्ती रहेको उक्त मुम्बई शहरमा जहाज खसेपछि ठूलो आतङ्क मच्चिएको बताइएको छ ।

उक्त जहाज उत्तर प्रदेशको राज्य सरकारको रहेको पाइएको छ । मुम्बई प्रहरीले उक्त जहाज दुर्घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी पुगेका छन् । प्रहरी र कैयौँ अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरिरहेका बताइएको छ । मुम्बइको वस्तीकै छेउमा उक्त विमान खसेकोले आगलागिको त्रास फैलिएको पनि स्थानीय सञ्चारमाध्यमले बताएका छन् । जहाज दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।