समाचार

आइजिपीले सुनकाण्डबारे किन खोलेनन् मुख ?

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले आफूले सुनकाण्डबारे टिप्पणी नगर्ने बताएका छन् । बिहिबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दैँ आइजिपी खनालले यस्तो बताएका हुन् ।

सरकारले सुनकाण्डको छानविन बारे गृहमन्त्रालयको नेतृत्वमा समिति गठन गरेको भन्दै यसबारे आफू अहिले नबोल्ने बताए । सुनकाण्डबारे छानविन समितिले अनुसन्धान अगाडी बढाएको र सुनकाण्डबारे आफूलाइ पनि कौतुहलता जागेको बताए ।

सुनकाण्डमा प्रहरी उच्च अधिकारीहरु समेत मुछिएका भन्दै यसबारे टिप्पणी गर्न मैले अहिले उचित नठानेको भनाइ राखे । आइजिपी खनालले नेपालबाट अपराधको जरा भने काट्नु नितान्त आवश्यक रहेको बताए । नेपालको विकासको मुख्य बाधकमा सुनतस्करी जस्ता जघन्य अपराध पनि समावेश भएको बताए ।

कार्यक्रममा बोल्दैँ उनले संघीय ढाचाँ अनसार प्रहरी संगठनलाइ पनि लैजान प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।