प्रदेश 1

सडकमा ग्राभेल काम सम्पन्न

उर्लाबारी, मोरङ । चालु आव २०७४/७५ मा उर्लाबारी नगर क्षेत्रमा तीनवटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । नगरपालिकाको ८० र उपभोक्ताको २० प्रतिशत गरी कूल रु ६१ लाख ४४ हजारको लागतमा कल्भर्ट निर्माण गरिएका हुन् । नगरपालिकाका इन्जिनियर रोशन उदासका अनुसार उर्लाबारी नगरपालिकाभित्र चालु आवमा ५९ वटा सडकमा ग्राभेल हाल्ने काम सम्पन्न भएको छ ।

नगरपालिकाको ८० प्रतिशत अनुदान तथा उपभोक्ताको २० प्रतिशत गरी रु दुई करोड ३६ लाखको लागतमा सडक ग्राभेल गरिएको हो । नगरपालिकाको अनुदानमा सडक ग्राभेल गर्न विभिन्न सडकमा उपभोक्ता समिति गठन गरिएको थियो । उपभोक्ता समितिकै सक्रियतामा सडकमा ग्राभेल गरिएको इन्जिनियर उदासले बताए ।