राजनीति

कांग्रेसको आन्तरिक विवाद साम्य हुदैँ, वरिष्ठ नेता पौडेल यस्तो रणनीतिमा !

काठमाडौं । नेपाली कांग्रेसभित्रको चरम आन्तरिक गुटबन्दीको विवाद साम्य हुदैँ गएको छ । पार्टी सभापती शेर बहादुर देउवाको चर्को आलोचना गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापती निकट बन्दैँ गएका स्रोत बताएको हो ।

आगामी महाधिबेशनमा देउवालाई पौडेलले सभापतीमा सघाउन आग्रह गरेको बताईएको छ । नेतृत्वको कार्यशैलीलाई लिएर चर्को र कडा शब्दमा आलोचना गर्दै आएका नेता पौडेल पछिल्लो समय देउवासँग सुमधुर सम्बन्ध बनाउनतिर उन्मुख भएका बुझिएको छ ।

केही दिन अघि हेटौँडामा सम्पन्न जिल्ला सभापतीहरुको भेलापछि पार्टीभित्र गुट अन्त्य हुदैँ एकताको महोल बन्दै गएको एक नेताले दाबी गरे । पार्टी निकट स्रोतका अनुसार सभापती देउवाको बाँकी कार्यकालमा सहयोग दिएर र आगामी महाधिबेशनमा सभापतीका लागि सहयोग लिने रणनीनिमा वरिष्ठ नेता पौडेल लागिपरेका छन् । यसबारे देउवा पनि पौडेलसँग सकारात्मक रहेका बुझिएको छ ।

देउवा र पौडेलको गुट समाप्त भएपछि पार्टीभित्रका अन्य गुट उपगुट आफैँ हटेर जाने विश्वास लिईएको छ ।