मनोरञ्जन

गीत गाउँदा गाउँदै अशोक दर्जी हास्य कलाकार बनेपछि…(भिडियो)

काठमानडौं । पछिल्लो समय निकै भाईरल बनेका बाल गायक अशोक दर्जी स्टेज कार्यक्रममा व्यस्त छन् । पोखरामा जारी मालेपाटन मेलामा अशोक दर्जीसंगै टंक बुढाथोकी र बुढाथोकीका छोरा पनि थिए । पहिलो पटक पोखरा आएका दर्जीले खुलेर गीत गाए । उनले गाएको मन बिनाको धन ठूलो की भन्ने गीत मात्र नभई केही आधुनिक र चलचित्रका गीत समेत गाएका थिए । मन बिनाको धन गीत दर्जीले एक्लै गाए, पछि टंकसंग मिलेर पनि उनले गाए ।

अशोक दर्जी आउने भनेपछि मेलामा दर्शकको घुँईचो लागेको थियो । गीत गाउँदा गाउँदै अशोकले माईकको कुरा निकालेर हसाएका थिए । यतिमात्र होईन उनी काँधमा बसेर समेत आफ्ना फ्यानहरुलाई माया बाँडिरहेका थिए । बुढाथोकी र दर्जीको यो पोखरामा पहिलो कन्र्सट थियो ।

भिडियो:-