खेलकुद

विश्वकपः समूह चरणका सबै खेल आज सकिदैँ, सेनेगल र कोलम्बिया ‘गर वा मर’ को अवस्थामा

हेम राज जोशी/काठमाडौं । रसियामा जारी २१ औँ चरणको विश्वकप फुटबल प्रतियोगितामा बिहिबार राती पनि चारवटा खेल हुदैँछन् । आज राती लिग चरणका अन्तिम खेल हरु हुने भएका हुन् । विश्वविजेता टोलीलाइ समेत अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्न धौधौ परेको छ । गएराती भएको खेलमा सन् २०१४ को विश्वकप विजेता समूह चरणबाटै बाहिरिनुलाइ पनि यसको उदाहरणको रुपमा लिन सकिन्छ । कड संघर्षबाट ब्राजिल र अर्जेन्टिना जस्ता विश्वविजेता टोलील समेत अरु टोलीमा भर पर्दै ठूलो संघर्षपूर्ण जितबाट अन्तिम सोह्रमा पुगेका छन् ।

आज ८ टोेली अर्थात समूह जी र एचका ४ खेल पनि निकै नै प्रतिक्षित रुपमा हेरिएका छन् । आज हुने पहिलो खेलहरु नेपाली समयअनुसार पौने ८ बजे सुरु हुनेछन् । उक्त खेलमा जापान र पोल्यान्ड तथा सेनेगल र कोलम्बिया आमने सामने हुनेछन् । एसियाली राष्ट्र जापान सुरुवात देखिनै राम्रो प्रदर्शन गर्दै समूह एचको शीर्षस्थ टोली हो । यो खेलमा पराजित भएमा जापानले सेनेगल र कोलम्बियाबीचको खेलको नतिजामा भर पर्नुपर्छ । र यो खेल जितेमा जापान अन्तिम सोह्रमा आफ्नो स्थान पक्का गर्नेछ । यता पोल्यान्डका लागि यो खेल प्रतिष्ठाको लडाइ मात्रै हो ।

सोही समय हुने सेनेगल र कोलम्बियाबीचको खेल पनि हेर्न लायक हुनेछ । दुवै टोलीका लागि यो खेल जित्ने पर्ने देखिएको छ । यो खेलमा पराजित हुने टोलीले विश्वकपबाटै बाहिरिनुपेर्नेछ । खेलको अंक तालिकामा सेनेगलको ४ अंक र कोलम्बियाको ३ अंक रहेको छ । यो खेल सामारा एरेनामा रङ्गशालामा हुनेछ ।

यस्तै आजै राती हुने बाकीँ २ खेल नेपाली समय अनुसार पौने १२ बजे हुदैँछन् । एउटै समयमा फरकफरक रङगशालामा हुने खेलहरुमा इंग्ल्यान्ड र बेल्जियम तथा पनामा र टुनिसियाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र बेल्जियमले सुरुवात देखि नै अब्बल प्रदर्शन गर्दै आएका छन् । दुवै टोली यस अघि नै अन्तिम सोह्रमा पुगिसकेका छन् । यो खेलबाट समूह जी को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

यसैगरी सोही समयमा हुने पनामा र टुनिसियाबीचको खेललाइ प्रतिष्ठिाको लडाइको हेरिनेछ किनभने दुवै टोली यसअघि नै समूह चरणबाटै बाहिरीसकेका छन् ।

अन्तिम सोह्रमा आफ्नो स्थान सुरक्षित गर्ने टोलीहरुमा अर्जेटिना, पोर्चुगल, ब्राजिल, स्पेन, रसिया लगायत रहेका छन् ।