पर्यटन/संस्कृति

वाइडबडी विमानको पञ्चेबाजासहित भव्य स्वागत, यस्ता छन् बिशेषता

हेम राज जोशी/काठमाडौं । नेपाल वायु सेवा निगमले पहिलो वाइडबडी विमान खरिद गरेको छ । खरिद गरिएको विमान बिहिबार नेपाल आइपुगेको हो । विमानलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाबाज सहित भव्य स्वागत गरिएको छ ।‘ ए ३३०–२००’ सिरिजको विमान आज बिहान विमानस्थलमा ओर्लिएको थियो । विमानलाइ नागकि पर्यटन तथा उड्ययन मन्त्रालय र निगमका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

विमानलाइ अन्नपूर्ण नाम दिएर पूजा समेत गरिएको छ । निगमले उक्त जहाज अमेरिकाको एआरआर कम्पनिबाट किनेको हो । उक्त विमानको नेपाल आइपुग्दासम्मको जम्मा लागत २१ अर्ब ९० करोड रुपिँया परेको निगमले जनाएको छ । उक्त विमानमा विजनेस क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ वटा सिट रहेका छन् ।

प्रत्येक सिटका अघि नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेन टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ ।

निगमका अनुसार उक्त विमान सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिख गरेको हो । सरकारकै जमानी अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै नेपाल आइपुग्ने निगमले जनाएको छ ।

नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार निगमले आफ्नो नयाँ विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरेको छ ।