समाचार

बैसाख १२ बिर्षिसकेका नेपालीलाई ५ रेक्टरको भूकम्पले आज सम्झायो

काठमाडौं । बैसाख १२ गतेको भूकम्प गएको बिर्षिसकेका नेपालीहरुलाई सम्झाउनेगरी धादिङ केन्द्र बनाएर बिहीबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पले काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा धक्काको समान्य महसुस भएको छ। भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.४ उत्तर पश्चिम केन्द्र बनाएर बिहान ९ बजेर ५२ मिनेट ४७ सेकेन्डमा भूकम्प गएको हो।

यो नयाँ भूकम्प नभइ २०७२ बैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।
भूकम्प भन्नेबित्तिकै तर्सिने नेपाली समुदायलाई आजको भूकम्पले झल्यास्स ब्युंझाएको देखिन्छ ।