काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ ।
तरुण दलले सरकारले पटकपटक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बुधबार काठमाडौँका विभिन्न ठाँउबाट जुलुस निकालेर विरोध प्रदर्शन ग¥यो ।
विरोध प्रदर्शनपछि शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकार जनताको भावनाअनुसार चल्न नसकेको आरोप लगाए । “सरकारले दुई तिहाईको दम्भ देखाएर निरकुंश बन्न खोजेको छ, यसको विरुद्धमा तरुण दलको आन्दोलन हो,”–उनले भने।
तरुल दलका महासचिब भुपेन्द्रजंग शाहीले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारले मूल्यबृद्धी गर्ने जस्ता अमानविय कार्य गरेर जनताबिरुद्ध उत्रिएकोमा दुःख लदागेको भन्दै जनबिरोधी काम गर्नेलाई तरुण दलले ठीक ठाँउमा ल्याउने उद्घोष गरे । महासचिब शाहीले भने, ‘एकमहिनामा नै जनताको ढाड सेक्नेगरी महिनामा नै ४ ५ पटक मूल्यबृद्धी गर्ने ओली सरकार नालायक हो ।’
यसैबीच नेपाल विद्यार्थी संघले शनिबार प्रकाशित माध्यामिक शिक्षा परिक्षा (एसईई) नतिजामा भएको त्रुटिको छानबिन गर्न माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीलाई तत्काल निलम्बन गरेर कारबाहीको गर्न माग गरेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै नेविसंघले कक्षा १ देखि उच्च शिक्षासम्मका सम्पूर्ण पाठ्यक्रम निर्धारण गर्दा नीति, योजना र कार्यक्रम तर्जुमामा सरोकारवाला पक्षसँग व्यापक छलफल र पूर्व तयारी गरी लागू गर्न पनि माग गरेको छ ।