समाचार

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

उर्लाबारी, मोरङ । मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया शान्ति राई (तामाङ) को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन् ।

गत फागुन १९ गते राति भएको घटनापछि बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई साढे तीन महिनाभन्दा बढी समय लागेको थियो । मिक्लाजुङ–७ सिसौलीकी राईको शव बलात्कारपछि वीभत्स ढंगले हत्या गरेर फ्याँकिएको अवस्थामा राम्री खोलामा फेला परेको थियो ।

लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । बलात्कार गरेको खुल्ने डरले बस्नेतले महिलाको हत्या नै गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बस्नेतविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आजै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ