पु.समाचार

यार्सागुम्बासहित दुई महिला पक्राउ

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आज १२० वटा यार्सागुम्बासहित दुई नेपाली महिलालाई पक्राउ गरेको छ ।

दार्चुला सदरमुकाम खलंगाको घाट बजारस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा जाँच गर्ने क्रममा एसएसबीले बझाङको सुर्मा गाउँपालिका–२ की २४ वर्षीया रमिता बोहरा र सोही ठाउँकी १९ वर्षीय शान्ति बोहरालाई अवैध यार्सागुम्बासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ ।

उनीहरु भारतको मुन्स्यारीबाट नेपाल आइरहेका थिए । पक्राउ परेका दुवै महिलालाई कागज गराई छाडिने बताइएको छ ।