मनोरञ्जन

करिष्मा र रामजीको “घरवार बनाई देउ” (भिडियो)

काठमाडौं । गायक जयराम शाही र गायिका देवी धर्तिको आवाजमा रहेको नयाँ मौलिक भाकामा आधारित गीत “घरवार बनाई देउ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त मौलिक गीतमा युवा युवतीमा आइपर्ने विशेष परिस्थतीलाई चित्रण गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो । अलिफ खान को शब्द तथा राजु अर्यालको संगीतमा गीत तयार पारिएको छ ।

भिडियोमा रामजी खाँड , करिश्ष्मा ढकाल र सोनु थापा लगायतलाइ फिचरिङ गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडियोः-