कृषि

पशुपक्षी र बाली बीमा नगरपालिकाबाटै

अर्जुनधारा, झापा । निजी बीमा कम्पनीले गर्दै आएको पशुपक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैले शुरु गर्ने भएको छ । नगर पशुपक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तक्र्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू गरिने उनको भनाइ छ । “जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यक्रम भएको हुँदा प्राथमिकतामा राखेर हामी आफैँ शुरु गर्छौं”, उनले भने । कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।