विचार/ब्लग

सरकार किन सञ्चार जगतसँग सशंकित छ ?

अनुराग शाह/काठमाडौं । कठिन परिस्थितिका बाबजुत नेपालमा राणा हट्यो प्रजातन्त्र आयो, निर्दल हट्यो वहुदलिय व्यवस्था आयो र राजा तन्त्र हटेर जनताका छोरा निती नियम बनाउने निकाय सम्म पुग्ने ब्यबस्था लोकत्न्त्रत आयो । यि सबै ब्यबस्था परिवर्तनका लागी जनताको साथ जती महत्वपूर्ण छ, त्यती महत्वपूर्ण थियो संचारकर्मीको साथ । रत्न पार्कमा सात जनाको आन्दोलनलाई सात हजार जनाको जस्तै गरेर प्रत्येक दिन जनता सामु पुर्याउने माध्यम भनेको त्यही संचार माध्याम हो । जस्लाई अहिले राज्यको चौथो अंगका रुपमा नेपाली समाजले लिने गरेको छ।

अनुराग शाह

सरकारका पछील्ला केही गतिबिधिले संचार क्षेत्र निकै ससंकित बनेको छ। सरकारमा सामेल भएका ब्यक्तिहरुले हिजोका बिभिन्न काल खन्डमा संचार माध्यमले गरेको सहयोग भुलेर सरकारले संचार क्षेत्र माथी गरेको हस्तक्षेपले संचार क्षेत्रमा निस्पक्षताको कमि आउन सक्ने नेपालका संचार बिज्ञको बुझाई छ।

दुःखमा साथ दिएकोलाई सुख पाएपछि भुल्ने बानिको बिकास भयो भने भोली फेरी दुस्ख पर्दा साथ नपाइने हो कि भन्ने कुरामा सरकारले ध्यान पुर्याउन सकेन भने त्यो अहिलेका सत्तारुढ दलको ठुलो गल्ती हुने छ। दुई तिहाईले तर्साएर संचार माध्याम माथि अंकुस लगाउने अहिलेको जुन निती छ त्यो नितीले भोली सत्तारुढ दल आँफैलाई सकाउने निश्चित छ।

किन सरकार संचार जगत सँग सशंकित छ ?

नेपालको भु राजनीति अहिले र पहिलेमा धेरै फरक भएको छ । पहिले एउटा चिठ्ठी एक ठाउँ बाट अर्को ठाउँ सम्म पुग्न महिनौ लाग्थ्यो भने अहिले काठमाडौंमा बोलेका कुरा जुम्लामा प्रत्यक्ष सुन्न पाईन्छ । यो कारणले गर्दा पनि सरकार संचार जगतसँग धेरै नै ससंकित देखिएको हो । राम्रा कामलाई बाहिर ल्याउन चाहने सरकारले कतै मिडियाकर्मिले नराम्रा काम पनि बाहिर ल्याईदिन्छन कि भनेर सरकार मिडिया सँग आत्तिएको हो । जस्को पारीनाम संचार क्षेत्रमा हस्तक्षेप भएको हो । सरकारको यो नियतले गर्दा मिडिया माथि हस्तक्षेप बढेको भएपनी मिडिया कर्मी हरुले सरकारका नराम्रा कामको पनि चियोचर्चा गर्न छोडेका छैनन। यो मिडिया कर्मिको राम्रो पक्ष हो ।

सरकारले मिडियालाई आफ्नो नियान्त्रनमा लिन खोज्नु भनेको सरकारले पाएको जनमतको केही हिस्सा गुमाउनु जस्तै हो । २०७४ को चुनावमा नेपाली कांग्रेसले संचारको सदुपयोग गर्न सकेन जसको कारण कांग्रेस कमजोर बन्यो र बिपक्षले संचारको सदुपयोग गरेर कांग्रेसका बारे बिभिन्न प्रपोगान्डा मच्चाए ।

कांग्रेसका राम्रा कामको ढाकछोप गरे भने गरेका केही नराम्रा कामको प्रचार गरे । यो कारणले कांग्रेसले चुनावमा हार बेहोर्नु पर्‍यो । यो प्रसंगको मुख्य तात्पर्य भनेको संचार क्षेत्रलाई जसले कम महत्त्व दिन्छ, उस्ले संचार क्षेत्र माथि हस्तक्षेप गर्छ त्यसलाई जनताले हेरिरहेको हुन्छ। त्यही निगरानीमा अहिलेको सरकार पनि परेको छ। अहिले सरकारको यो हस्तक्षेपका कारण यो सरकारको लोकप्रियाता केही रुपमा खस्की सकेको छ।

संचार माथिको हस्तक्षेप कत्ती उचित छ ?

पाच बर्षको लागी बहुमत प्राप्त यो सरकारले संचार माध्यमलाई आफ्नो नियान्त्रन राख्न खोज्नु भन्दा संचार क्षेत्र संग सहकार्य गरेर अघी बढेको भए आफ्ना कामको मार्के्टिङ गर्न सक्थ्यो र जनतालाई विश्वास दिलाउन सक्थ्यो विकास र समृद्धि गर्न यो सरकार सक्षम छ भनेर तर दिनहु सरकारका काम कार्वा्हिको बारेमा जनताले जानकारीको एउटा माध्याम संचार माध्यमलाई आफ्नो नियान्त्रण वा आफ्नो मुठ्ठीमा लिने खोज्ने प्रवृतिले गर्दा जनतामा केही रुपमा निराशा पलाउन सुरु गरेको छ।

सरकारका मन्त्रिले पत्रकारको प्रश्न आफ“ अनुकुल नभए पत्रकारले चलाउदै आएको प्रोग्राम रद्द गर्ने जस्ता गतिबिधी भोलीका दिनमा अहिलेको यो सरकार को लागी आत्मघाती साबित हुनेछ । देशका नागरिकलाई निर्वाध रुपमा सुचना प्रदान गर्ने संचार माध्याम माथिको हस्त्क्षेपले नेपालमा कतै कांग्रेसले भनेको अधिनायकवाद त् आएन भनेर जनताहरु आफुले आँफै भित्र प्रश्न गर्न थाली सकेका छन ।

समग्रमा भन्नुपर्दा अन्लाइन संचार माध्याम माथि कडाई गरेपनी दैनिक रुपमा सत्य तथ्य जानकारी दिने संचार क्षेत्र माथि सरकारले गरेको हस्तेक्षेप निकै निन्दनिय छ । तत्काल यस्ता हस्तक्षेप सरकारले बन्द गरेन भने भोलिका दिनमा नेपाल भित्र लोकतन्त्र पनि कतै नरहने हो कि भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

आफु अनुकुलका सञ्चार माध्यमलाई प्रोत्साहन गर्ने र सत्य तथ्य रुपमा जनतालाई सुचना प्रदान गर्ने सञ्चार माध्यममाथि प्रहार गर्ने सोच र चलन सरकारले तत्काल हटाउनु पर्छ । सरकारले यो परिपाटीलाई अन्त्य गर्न जती ढिलो गर्छ अर्को च’नावसम्म त्यतिनै बढी उसले जनमत गुमाउदैँ जानेछ ।