बाग्मती

हुण्डी कारोबारी भण्डारी राजधानीबाट प्रहरी फन्दामा

काठमाडौं । हुण्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको नयाँबजारबाट बुधबार हुण्डी कारोबारी बालकृष्ण भण्डारीलाइ नियन्त्रणमा लिइएको हो । उनको साथबाट २० लाख बराबरको स्रोत नखुलेको हुण्डी कारोबार र एक थान सामसुङ मोबाइल बरामद गरिएको छ ।

बिशेष सूचनाको आधार लैनचौरबाट खटिएको प्रहरी टोलीले उनले लुकाइ छिपाई राखेको कालो झोलाभित्र बाट उक्त अवैध रकम बरामद गरेको छ । हुण्डी कारोबारी भण्डारीलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको छ ।