विचित्र संसार

खसी नाचेपछि पत्ता लागेको थियो कफीको स्वाद र प्रभाव

काठमाडौं । विश्वभर नै कफी संस्कृति निकै स्थापित भइसकेको छ । थकान मेट्न, शरीरको स्फूर्तिका लागि र ह्याङ्आउटमा पनि कफी मानिसको प्रिय पेय हो । कफीले आठ प्रकारका क्यान्सर रोग निको पार्न मद्दत गर्छ । तर, यसका फाइदा मात्रै नभई केही हानी पनि छन् ।

आज कफी संस्कृतिका रुपमा विकास हुनुपूर्व कफी कसरी पेय पदार्थका रुपमा स्थापित भयो र कसरी विस्तार भयो भन्ने केही रोचक तथ्यहरु जान्नुस् ।

खसी नाच्दा थाहा भयो कफीको प्रभावकारिता
सबैभन्दा पहिले इथियोपियाका गोठालाहरुले कफीको असर प्रत्यक्ष देखेका थिए । जब उनीहरुले कफीको फल खाएपछि खाफ्ना खसी–बाख्राहरु फूर्तिला भएर नाच्न थालेको देखे, यो फलको प्रभावकारिताबारे उनीहरुले थाहा पाएका थिए ।

काँचै खाइन्थ्यो कफी

अफ्रिकाका आदिवासीहरुले कफी काँचै खान्थे । उनीहरुले कफीको दानालाई बोसोयुक्त पदार्थमा मिसाउँथे । जुन शक्तिवद्र्धधक खानेकुरा मानिन्थ्यो ।

इस्लाममार्फत कफीको विस्तार
इस्लाम धर्मको उदयसँगै कफीको प्रचारप्रसार बढेको मानिन्छ । इस्लाम धर्मले मुस्लिमहरुलाई मद्यपान गर्नबाट बञ्चित गरे पनि कफीलाई स्वीकार गरेको पाइन्छ । जसले गर्दा कफीको व्यापकतासँगै लोकप्रियता बढ्दै गयो ।
कफीको उब्जनी ‘बीन बेल्ट’मा

संसारमा जति पनि कफी फल्छ, ती सबै ‘बीन बेल्ट’ अर्थात ट्रपिक अफ क्यान्सर र क्याप्रिकनको बीचमा खेती हुन्छ । अमेरिकामा भने हवाई राज्यमा मात्र कफी खेती हुन्छ ।

कफी पिउँदा षड्यन्त्रको डर १
सन् १६७५ मा बेलायतका राजाले कफी पिउने ठाउँहरुमा प्रतिबन्ध लगाएका थिए । उनको दाबी थियो, कफी हाउसहरुमा मानिसहरु बसेर उनी विरुद्ध षड्यन्त्र बुन्छन् ।

७० प्रतिशत अरेविका, ३० प्रतिशत रोबुष्टा
विश्वका ७० प्रतिशत मानिसहरु अरेविका कफी सेवन गर्छन्, जुन हल्का तथा सुगन्धित हुने गर्छ । बाँकी ३० प्रतिशतले रोबुष्टा सेवन गर्छन्, जुन स्वादमा तीतो हुनुका साथै अरेविकामा भन्दा ५० प्रतिशत बढी कैफिन हुने गर्छ ।
रुखमा फल्छ रु

कतिपय मानिसलाई जानकारी नहुन सक्छ, कफी रुखमा फल्छ । कफीको बोट ३० फिटसम्म अग्लो हुन सक्छ । तर, टिप्न सजिलो होस् भनेर १० फिट ९तीन मिटर० भन्दा बढ्न नदिइ यसको खेती गरिन्छ ।

– कफी एक प्रकारको बीउ हो, जुन रातो रङको ऐंसेलु ९बेरी० जस्तो फलभित्र हुन्छ ।

विश्वकै दोस्रो ठूलो खाद्यवस्तु
विश्वमा धेरै व्यापार हुने खाद्यवस्तुमध्ये कफी दोस्रोमा पर्छ । सबैभन्दा धेरै बिक्री–वितरण हुने तेल हो ।

जर्ज वासिङ्टनले सन् १९०१ मा इन्स्टान्ट ९तुरुन्तै खान मिल्ने० कफीको आविष्कार गरेका थिए । यो नाम कुनै समयका अमेरिकी राष्ट्रपतिसँग मिल्छ । तर, इन्स्टान्ट कफीका आविष्कारक जर्ज ग्वाटेमाला निवासी बेल्जियमका हुन् ।

एस्प्रेसो
एस्प्रेसो कुनै कफीको नाम नभएर यसलाई तयार पार्ने विधि हो । तातो पानीमा कफीलाई बेस्सरी घोलेर तयार पारिने कफीलाई एस्प्रेसो भनिन्छ ।

अमेरिकानो
अमेरिकानो पनि कफीको कुनै जात होइन । यो नाम दोस्रो विश्वयुद्धताका अमेरिकी सेनाबाट आएको हो । अमेरिकी सैनिकहरुले कफीको कडा स्वादलाई मत्थर पार्न एस्प्रेसो कफीमा पानी थप्न आदेश दिन्थे । कालान्तरमा त्यस्तो कफी अमेरिकानो कहलिन थाल्यो । -एजेन्सी