मनोरञ्जन

’निश्चल हिमाल झै’ बजारमा (भिडियो)

काठमाडौं स्पछिल्लो समयक एकदमै रुचाइएकी गायिका मेलिना राई र व्यस्त संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत ’निश्चल हिमाल झै’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक उक्त गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दीपेन्द्र थाम्सुहाङले शब्द दिएका छन्। भुपेन्द्र तुन्वाहाङ्फे निर्दे्शित भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठ फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा निराजन र सिम्रानको जोडी मिलेको देखिन्छ।

भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
हेर्नुहोस् गीतः-