पु.समाचार

गद्धी बैठक भवन पुननिर्माणको उद्घाटन गर्दै प्रधानमन्त्रीले भनेः नेपाल अब नयाँयुगमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आज हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्ध्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभएको छ । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताए ।

२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएका, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । “हामीभूकम्पले क्षतीग्रस्त अवस्थामाभएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ ” प्रधानमन्त्री ओलीले भने “हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”

प्रधानमन्त्रीओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधानसभाले संविधानजारी गरेर,नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँयुगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं । ” फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।