प्रवास

कुन देशको जेलमा कति नेपाली ? कति छन् कोमामा ?

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा जेल परेका व्यक्तीहरुको विवरण सार्वजनिक भएको छ । सरकारी तथ्याङ्क अनुसार विभिन्न देशमा जेल परेका नेपालीहरुको संख्या करिब साढे ३ हजार रहेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार जेल पर्ने मध्ये सबै भन्दा बढी २ सय १९ जना साउदी अरेबियाका विभिन्न जेलमा छन् । दुवईमा ६३ र थाइल्यान्डमामा ३९ जना जेल जीवन बिताइरहेका छन् ।

बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २–२ तथा कम्बोडिया र लेबनानको जेलमा १–१ जना रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यसैगरी परराष्ट्र मन्त्रालयका अनुसार २० जना बढी नेपालीहरु विभिन्न देशका अस्पतालका कोमामा रहेका छन् । कोमामा रहेकामा सबैभन्दा बढी कतारमा ११ जना, साउदी अरेबियामा ५ तथा दुवै र बहराइनमा समान २ २ जना छन् ।

सम्बन्धित देशस्थित नेपाली दुतावासले कोमामा रहेका, जेल परेका र मृत्युदण्ड सुनाईएका व्यक्तीबारे चासो राख्दैँ आएका सरकारले जनाएको छ ।