अन्तर्राष्ट्रिय

बेलायतका विदेशमन्त्री अफगानिस्तानमा

काबुल । बेलायतका विदेशमन्त्री बोरिस जोनसोन अफगानिस्तान पुगेका छन् । उनी सोमबार काबुल आइपुगेका हुन् । सोमबारै विदेशमन्त्री जोनसोनले अफगानिस्तानका राष्ट्रपति असरफ गनिसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
सो भेटका क्रममा अफगास्तिानले गरिरहेको आतङ्कवादका विरुद्धको सङ्घर्षका साथै अन्य द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

सो भेटका क्रममा अफगानिस्तानका राष्ट्रपति गनिले हालैमात्र मुस्लिम समुदायको रमजानको अवसरमा सरकारी तर्फबाटै सुरुमा युद्धविरामको घोषणा गरी शान्ति प्रक्रियाको प्रयास भएको जानकारी दिएको बताइएको छ ।

राष्ट्रपति गनिले तालिबानलाई पनि युद्धविरामलगत्तै आफूले शान्तिवार्ताका लागि प्रयास गरेको तर उनीहरुले युद्धविरामको समयावधि नलम्ब्याइ हिंसा शुरु गरेको जानकारी सो भेटमा गराउनुभएको राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।