राजनीति

कार्यकर्ताको आलोचना आएपछि प्रधानमन्त्रीले बनाए कार्यकर्तासँग नियमित भेटघाट कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र पाक्षिक रुपमा नेकपाका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।

साप्ताहिक रुपमा हरेक शुक्रबार उनले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म सांसदसँग भेटघाट गर्ने उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गरेका सांसदलाई भेट गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

नेकपाका संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकतासँग पनि भेटघाट गर्नेछन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले महिनाको पहिलो दिन बिहान ११ देखि १ बजेसम्म धुम्बाराहीस्थित पार्टी कार्यालय र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोही समयमा कार्यकतासँग भेटघाट गर्ने प्रेस सल्लाहाकार अर्यालले जानकारी दिए ।
कम्युनिष्ट पार्टीका साँसदहरुले संसदमानै सरकारको आलोचना गरेपछि कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमनत्री ओलीले कार्यकर्तासंगको दूरी घटाउने उद्देश्यले भेटघाट तय यरेका हुन् ।