आर्थिक

माछापुच्छ्रे बैंकको लेकसाइड शाखा स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले मंगलबारका दिन देखि संचालनमा आउने गरी आफ्नो वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लन चोकमा स्थानान्तरण गरेको छ । उक्तशाखाको उद्घाटन बैंकका संचालक समितिकाअध्यक्ष रोशन केसीले गरे ।

साथै उद्घाटन कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सूूर्य बहादुुर केसी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताको लागि शुुभकामना व्यक्त गरे ।

नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत हल्लन चोकमा स्थानान्तरण गरेका बताएको छ ।

यस बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैकलेपुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९० वटा एटीएमहरु संचालनमा रहेको छ ।

यस बैंकले दैनिक बैंकिङ्ग कारोवार संचालन गर्न प्रयोग गरेको बैंकिङ्ग सफ्टवेयर ग्लोबस बिश्वमा नै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।