प्रवास

अब नयाँदिल्लीमा पनि नेविसंघ, यस्तो छ ५९ सदस्ययीय समिति !

काठमाडौँं । भारतको राजधानीमो नयाँ दिल्लीमा नेपाल बिद्यार्थी संघ गठन गरिएको छ । यहाँ आयोजित एक कार्यक्रमका बीच सागर बहादुर शाहीको नेतृत्वमा ५९ सदस्ययीय कार्यसमिति चयन गरिएको हो । राजधानी दिल्लीमा अवस्थित सबै बिद्यालयलका लोकतान्त्रिक विचारधाराका बिद्यार्थीलाइ एकताबद्ध गर्दै नेविसंघ दिल्ली गठन गरिएको छ ।

नवगठित कार्यसमितिमा अध्यक्षमा शाही, उपाध्यक्षहरुमा रोहीत चन्द्र झा, रमेश प्याकुरेल र जोनसन थापा, सचिवमा जनार्दन जैसी र प्रशान्त न्यौँपाने छन् । त्यस्तै कोषाध्यक्षमा उमेश खड्का र सहसचिवहरुमा विकाश शर्मा, दिनुशा पौडेल र योजनी थापा रहेका छन् ।

कार्यक्रममा बोल्दैँ अध्यक्ष शाहीले नेविसंघको नवगठित कार्यसमितिले भारतमा रहेका नेपाली बिद्यार्थीको हकहितमा कटिबद्ध हुने प्रतिबद्धता व्यक्त गरे । उनले दिल्लीमा अध्ययनरत नेबिसंघको नवगठित समितिका सदस्यहरु तथा नेविसंघप्रति आस्था राख्ने सबैलाइ सँगै लिएर देश विकास र शिक्षाको हितमा काम गर्ने उद्घोष गरे ।

नेविसंघ नेपाली कांग्रेश निकट भातृ संगठन हो । यसले लोकतन्त्र, समाजवाद र बिद्यार्थी एकताको नारा लिएर अघि बढिरेहेको छ ।