पु.समाचार

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले भोलि संसद्लाई जानकारी गराउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउने भएको छ । उनी चीनको छदिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्कनु भएकी हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने उनीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।