सामाजिक सञ्जाल

घरसम्म आउने हिम्मत गरेछ यार मसानले पनि…

अनुराग शाह

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुक नचलाउने नेपालमा विरलै छन् । फेसबुक विचार र भावनाहरु पोख्ने प्लेटफर्मको रुपमा विकसित भएको छ । हामी सामाजिक सञ्जालका बिषयबस्तुलाइ टपक्क टिपेर सूर्यखबरमा राख्दैँ आएका छौं ।

आज पनि फरक अर्थात रुकुमका बिजय कुमार शाह ‘अनुराग’ले लेखेको भावुक शब्दले बुनिएको गजल उनकै फेसबुक बाट साभार गरेका छौँ । ‘अनुराग’ हाल काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

 

 

*गजल:-

घरसम्म आउने हिम्मत गरेछ यार मसानले पनि।
र लाग्यो पुन्य नमिल्ने रैछ दक्षिना र दानले पनि।

**************************************

मेरी प्यारीको आकांक्षा यति धेरै बढेको छ कि।
उ जिन्दगीभर सन्तुष्ट भइन ठुलो सम्मानले पनि।

******************************************

कस्तो परिपाटीको ब्यवस्था गर्नु भयो मान्य ज्यु।
हाकिमलाई टेर्नै छोड्यो सामान्य जवानले पनि।

**************************************

यति साधु बनेर बसेको छु म आजभोलि यहाँ।
नराम्रो खबर सुन्न मान्दैनन् मेरा यी कानले पनि।

*******************************************

हरेक बर्ष आउने बाढीलेपनि गरिवलाई हेप्ने रैछ।
त्यसैगरी बगाईदियो खेत नदिको कटानले पनि।