बाग्मती

काठमाडौंबासीका लागि खुसीको खबर

काठमाडौं । काठमाडौं उपत्यकाबासीले दशैँ अगावै मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका छन् । सरकारले काम अन्तिम चरणमा रहेकाले दशैँ अगाडी नै मेलम्चीको पानी काठमाडौं आईपुग्ने बताएको हो ।

सोमबार खानेपानी मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी ठेकेदार कम्पनि र मन्त्रालयबीच दशै अगाडी नै मेलम्चीको पानी काठमाडौं ल्याउने सहमती भएको जानकारी दिईएको छ । खानेपानी मन्त्री विना मगरका अनुसार सरकार काम छोडेर गएको कम्पनिसँग ऐतिहासिक सम्झौँता गर्न सफल भएको छ ।

मन्त्री मगरले सरकारले उपत्यकाबासीलाइ कात्तिक १ गते मेलम्चीको पानी वितरण गर्ने बताएकी छन् । उनले असोज १४ गते मेलम्चीको पानी सुन्दरीजलमा पठाउन ठेकेदार कम्पनि तयार रेहेको जानकारी दिइन् ।