मनोरञ्जन

 रेखा थापा भन्छिन्ः देशमा जंगबहादुर जन्माउन रहर छ

काठमाडौं । रेखा थापा चर्चित अभिनेतृ सँगसँगै निर्मात्री र सामाजिक अभियन्ता पनि हुन् । उनलाइ नचिन्ने नेपालमा सायद विरलै होलान् । नायिका थापाले पछिल्लो समय चलचित्र क्षेत्रमा भन्दा पनि बढी समय राजनीति र समाजसेवामा खर्चिने गरेकी छन् । उनले एक अनलाइनसँगको अन्तर्वार्तामा देशमा राजनीति बलियो भएन भने देशको कुनै पनि क्षेत्र बलियो नहुने बताएकी छन् । उनले अब देशमो ठूलो आर्थिक क्रान्ति गर्ने र बेथिती तह लगाउने व्यक्तीको प्रचुर खाँचो औल्याएकी छन् । उनले आफूलाइ ढिलो चाडो जहिले भएपनि जंगबहादुर जन्माउन रहर भएको बताउदैँ भनेकी छन्ः-

जहाँ जान्छु एउटै सुस्केरा सुन्छु— देशमा परिवर्तन कहिले होला । समृद्धिको गन्तव्य कति टाढा होला । राष्ट्रियताको जगेर्ना कसले गर्ला ?

मलाई त एकपटक पुनः पृथ्विनारायण शाह चाहिएको छ । उनलेमात्रै उन्न सक्छन्, सबैलाई एकताको सूत्रमा । मलाई जन्माउन रहर छ जंगबहादुर— उनले मात्रै अन्त्य गर्न सक्छन्, वेथिति ।

र, एउटा कुरा भनुँ— देशमा ढिलोचाँडो जंगबहादुरले जन्म लिन्छन्, चाहे छोराको रूपमा होस, या छोरीको रूपमा किन नहोस् ।

मेरो भित्री इच्छाको कुरा गर्नुहुन्छ भने मैले जंगबहादुरको नारी संस्करण देख्न चाहेको छु । र, त्यो पूरा हुने दिन टाढा छैन ।