मनोरञ्जन

‘बोल माया’ को अपार सफलतापछि अञ्जली अधिकारीले अभिनय गरेको नयाँ गीत बजारमा(भिडियो)

काठमाडौं । बोल माया गीतको भिडियोमा गरेको अभिनयबाट वाहवाही बटुलेकी अञ्जली अधिकारीको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ । तीज आउन केही महिना बाँकी रहदाँ मोडेल अधिकारीको अभिनय रहेको ‘हङ्गकङ्गको साडी’ बोलको तीज गीत बजारमा आएको हो । गीतमा अनुजा बुडासैनी र गायक अर्जुन खड्काको स्वर रहेको छ ।

गीतमा अञ्जली अधिकारी, प्रेम र समिताले दमदार अभिनय देख्न सकिन्छ । गोपाल थापाले निर्देशन गरेको गीतको भिडियोलाइ बासु बरालले खिचेका छन् । गीतलाइ सुजन शाहीले सम्पादन गरेका छन् ।

यो समाचार तयार पार्दासम्म गीतलाइ ६७ हजार ७ सय ८२ पटक हेरिएको छ भने ८ सय ७ जनाले लाइक गरेका छन् ।