राजनीति

हिन्दुराज्यको मुद्दा अब काँग्रेसको प्रमुख एजेन्डा हुन्छ : नेता भण्डारी

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री शंकर भण्डारीले हिन्दुराज्यको मुद्दा काँग्रेसको प्रमुख एजेन्डा रहेको बताएका छन्।

स्वर्गीय नेता खुमबहादुर खड्काको मुख्य एजेन्डा नेपाललाई हिन्दुराज्य बनाउने विषयमा खड्काको पक्षमा रहेका हामीहरूले पनि यो मुद्दा अब व्यापक बनाउने भण्डारीले बताए। सोमबार उनकै निवास हात्तीगौडामा नेता भण्डारीले आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरूसंगको कुराकानीमा उक्त कुरा बताएका छन्।

नेता भण्डारी हिन्दू धर्मको बिषयमा भर्खरै सम्पन्न हेटौंडाको काँग्रेस जिल्ला सभापतिहरूको भेलामा समेत व्यापक आवाज उठेकाले यश मुद्दा लिएर देशव्यापी गर्ने नेता भण्डारीले बताएका थिए ।

पूर्बमन्त्री स्वर्गीय पूर्बगहृमन्त्री एबम् काँग्रेस बरिष्ठ नेता निकट रहेर काँग्रेस राजनीति गरिरहेका युवा नेतामा पर्छन् । कडा स्वभाबका भण्डारी कार्यकर्तासंग खुमबहादुर जस्तै नजिक रहने नेतामा पर्ने तनहुबाट बिद्यार्थी राजनीति गरेर नेबिसंघको केन्द्रीय सदस्यसम्म पुगेका एक नेताले सुर्यखबरलाई बताए ।