खेलकुद

विश्वकपः आजदेखि तेस्रो चरणका खेल हुदैँ, रोनाल्डोको पोर्चुगल मैदानमा उत्रिदैँ

काठमाडौं । रसियामा जारी २१ औं संस्करणको विश्वकपमा आइतबार देखि तेस्रो चरणका खेलहरु सुरु हुने भएको छ । तेस्रो चरण अन्तर्गत आज तिन वटा खेल हुने भएका हुन् । आज हुने पहिलो खेलमा आयोजक टिम रसिया र उरुग्वे तथा साउदी अरेबिया र इजिप्ट आमनेसामने हुदैँछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे शुरु हुनेछ ।

यस अघि नै अन्तिम सोह्रमा आफ्नो स्थान बनाइसकेका रुस र उरुग्वेको आजको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ । त्यस्तै सोही समयमा मस्कोको अर्को रङ्गशालामा हुने साउदी अरेबिया र इजिप्टबीचको खेललाइ प्रतिष्ठाको लडाइको रुपमा मात्रै हेरिएको छ किनभने दुवै टोली विश्वकपको नकआउट चरणबाटै बाहिरी सकेका छन् ।

त्यस्तै आज राती समूह बी का दुइटा खेल हुदैँछन् । राती पौँने १२ बजे हुने खेलमा पोर्चुगल र इरान तथा स्पेन र मोरक्को भिड्दैछन् । स्पेन र मोरक्कोबीचको खेलमा स्पेनले अर्को चरण प्रवेशका लागि बराबरी गर्नुपर्नेछ ।

मोरक्को विश्वकपको नकआउट चरणबाटै बाहिरीसकेको छ भने स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

सोही समयमा हुने स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल र इरान मैदानमा उत्रिदैँछन् । यो खेललाइ प्रतिक्षित मानिएको छ । यो खेलमा दुवै टोली दबाबमा देखिएका छन् । रोनाल्डोको पोर्चुगललाई जसरी पनि खेल बराबरी गर्नुपर्ने दबाब छ भने इरानलाइ जित्नैपर्ने दबाब छ ।