शिक्षा

एसईइ नतिजाः आचार्य र घिमिरे देखिए सुनसरी र प्रदेश नम्बर १ कै अब्बल बिद्यार्थी, बधाई !

इटहरी । सुनसरी सदरमुकाम ईनरुवाको नबयुग स्कुलका दई छात्रले जिपीए ४ अंक ल्याउन सफल भएका छन् । स्थानीय शंकरबाबु आचार्य र उज्वलराज घिमिरे उक्त स्कुलबाट जिपीए ४ ल्याएर आचार्यलाई प्रदेश नं. १ को टप र घिमिरेलाई सुनसरी जिल्ला टपको दाबी रहेको स्कुलका प्रिन्सिपलले बताएका छन् ।
नम्बरबाट डिभिजन प्रणालीमा रुपान्तरण गरेपछि पहिलेजस्तो नम्बरका आधारमा बढी र कम देखिदैन । एकदिन अगाडीको परिणाममा बिद्यार्थीहरुको आएको नम्बर राष्ट्रिय परिक्षा बोर्डको लापरबाहीका कारण देशभर नै बढेर आएको छ । बोर्डले प्राक्टिकलको नतिजा जोड्न भूलेका कारण त्यसो भएको उक्त आल्ती आफ्नै भएको बताएको छ ।

बधाईछ आचार्य र घिमिरे अनि नबयुर स्कुल र बिद्यार्थका अभिभाबकलाई प्रदेश नम्बर १ र सुनसरी जिल्लाको नै नाक जोगाउन सफल भएकोमा ।