आर्थिक

चाँगुनारायणद्वारा ९६ करोड २८ लाख बजेट सार्वजनिक

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि कूल रु ९६ करोड २८ लाख ७९ हजारको बजेट पेश गरेको छ ।

आज तेस्रो नगरसभामा नगरपालिकाले अनुदानअन्तर्गत रु १५ करोड ८६ लाख, शसर्त अनुदानतर्फ रु ३१ करोड तीन लाख, राजस्व बाँडफँडतर्फ रु आठ करोड २५ लाख तीन हजारल र राजश्व आयतर्फ रु १६ करोड ७८ लाख ३६ हजार बजेट प्रस्तुत गरेको हो ।

यस्तै अघिल्लो आवको बैंक मौज्दात रु तीन करोड, सामाजिक सुरक्षा भत्ता रु नौ करोड, प्रदेश सरकारबाट वित्तीय स्थानीकरणबाट रु ८७ लाख ४३ हजार, सशर्तबाट रु चार करोड २२ लाख ९१ हजार, विशेषबाट रु पाँच करोड तथा राजस्व बाँडफाँडबाट रु दुई करोड २६ लाख छ हजारको बजेट प्रस्तुत गरेको छ ।

त्यसैगरी खर्चमा चालूतर्फ रु १९ करोड ८२ लाख ८८ हजार, पूँजीगततर्फ रु ३६ करोड २० लाख, शसर्ततर्फ रु ३५ करोड २५ लाख ९१ हजार तथा विशेष रु पाँच करोड गरी खर्चतर्फ रु ९६ करोड २८ लाख ७९ हजारको बजेट पेश गरेको छ ।

कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकालाई समुन्नत नगरपालिका बनाउँदै पर्यटकीय गन्तव्यको मुख्य केन्द्र बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए ।