आर्थिक

“कोक खाम रसिया जाम” अभियानका दोस्रो टोली रसियातिर

काठमाडौँ । “कोक खाम रसिया जाम” अभियानका विजेताहरूको दोस्रो समूह, फिफा विश्वकपका लागि रसिया प्रस्थान गरेका छन् । कोकाकोलाले आम ४० नेपाली उपोभोक्ताको सपनालाई साकार पारि दिएको छ ।

बालाजुस्थित बोटलर्स नेपालमा दोस्रो समूहका विजेताहरुको विदाई समारोह आज आयोजना गरिएको हो । उक्त अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताहरुलाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो ।

४० बिजेताहरुलाई २ टोलिमा विभाजन गरिएको थियो जस मध्ये २० जना बिजेताहरु गत १५ जुनमा (आषाढ १ गते) रसिया पुगेर अर्जेन्टिना र आइसल्याण्ड बीचको म्याच हेरेर फर्की सकेका छन् । २० जनाको दोस्रो समूह आज रसिया उडेको छ । बिजेताहरुले २६ जुनमा (आषाढ १२ गते) हुने अर्जेन्टिना र नाइजेरिया बीचको म्याच हेर्न पाउने छन् ।