खेलकुद

विश्वकपः पहिलो खेलमा इङ्ल्यान्डले गर्यो पनामाविरुद्ध गोलको बर्षा, बाँकी खेलमा को–को आमने सामने ?

काठमाडौं । रसियामा जारी २१ औँ संस्करणको विश्वकपमा आज पनि तिन खेल हुदैँछ । ईङ्ल्यान्डका खेलाडीहरु तातेपछि पहिलो हाफमै पनामाको गोल पोष्टमा गोलको बर्षा गरेको हो । ६ गोलसँग आजको पहिलो खेल इङ्ग्ल्यान्डले बिजय प्राप्त गरेको छ ।

आज हुने दोस्रो खेलमा जापान र सेनेगल आमनेसामने हुदैँछन् । रसियाको एकटेरेनएरेनाबर्ग रङगशालमा राती पौने ९ बजे हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

त्यस्तै आज हुने अन्तिम तथा तेस्रो खेलमा पोल्यान्ड र कोलम्बिया भिड्दैँछन् । उनीहरुबीचको खेल राती पौने १२ बजे हुने फिफाले जनाएको छ । दुवै टोलीको खेल कजान रङ्गशालमा हुनेछ । अन्तिम खेल हुंदासम्म पानामाले ईगंल्याण्डलाई १ गोलमात्र हान्न सफल भयो, ५ गोलको अन्तरले बिश्वकप खेलमा नयाँ मोड लिएको छ ।

आजका खेलहरु जी र एच समूहका अन्तर्गत छन् । आज विजयी हुने टोली अन्तिम १६ निकट पुग्नेछन् ।