आर्थिक

सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित

लहान । सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ ।

सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्रो नगरसभाले नगरप्रमुख रामऔतार यादवले प्रस्तुत गर्नुभएको ०७५÷७६ का लागि रु ४४ करोड ६ लाख ६० हजारको बजेट सर्वसम्मतले पारित गरेको हो ।

योसँगै आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्ने सुखीपुर नगरपालिका सम्भवतः प्रदेश नं.२ मा नै सबैभन्दा पहिलो नगरसमेत बनेको हो ।

सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ रु १२ करोड चार लाख ९८ हजार र पूँजीगत खर्चतर्फ रु ३२ करोड एक लाख ६२ हजार बजेट पारित गरेको नगरप्रमुख यादवले जानकारी दिए ।

आगामी बजेटलाई सुखीपुर नगरक्षेत्र भित्रको भौतिक पूर्वाधार निर्माण, शैक्षिक तथा स्वास्थ्यमा गुणस्तरीयता तथा सामाजिक विकासमा केन्द्रीत गरिने उनले बताए ।

यस्तै दोस्रो नगरसभाले स्थानीय तह सञ्चालन गर्न आवश्यक विभिन्न १६ वटा ऐनसमेत पारित गरेको जनाएको छ ।