बाग्मती

आजदेखि बहुउद्देश्यीय प्रतीक्षालय सञ्चालनमा

भक्तपुर ।  महानगरीय प्रहरी वृत्त थिमिले आजदेखि बहुउद्देश्यीय प्रतीक्षालय सञ्चालनमा ल्याएको छ ।

प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्वल महर्जनले विभिन्न दाताको सहयोगमा निर्माण गगरेका प्रतीक्षालय भवनको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उनले भक्तपुरका सबै प्रहरी वृत्त, प्रभाग एवं इकाइका प्रहरीलाई कुनै पनि स्वार्थ नराखी जनताको सेवामा समर्पित भएर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक महर्जनले स्थानीय दाताको सहयोगमा निर्माण भएको बहुउद्देश्यीय भवनले प्रहरी, नागरिक समाज र स्थानीय बासिन्दालाई सहज हुने र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरलगायत विभिन्न संघ संस्थालाई सम्मान गरिएको थियो ।