समाचार

रेडपाण्डाको छालासहित बौँद्धको गेष्टहाउसबाट ३ जना समातिए

काठमाडौं । रेडपाण्डाको छालासहित ३ जना समातिएका छन् । आईतबार राजधानीको बौँद्धस्थित एक गेष्ट हाउसबाट प्रहरीले उनीहरुलाइ अवैध छालासहित नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा खटिएको रानी पोखरी प्रहरी टोली र महानगरिय प्रहरी बृत बौँद्धको संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा २४ बर्षीय आङदावा शेर्पा, २२ बर्षीय लाक्पा शेर्पा र २३ बर्षीय आङचिण्डु शेर्पा रहेका छन् । उनीहरुको साथबाट १ थान अवैध छाला र एउटा मोटसाईकल बरामद गरिएको छ । सोलुखुम्बु घर भएका तिनै जना शेर्पा हाल काठमाडौँमा बस्दैँ आएका छन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमार्डौ पठाइएको छ